images

रामेछापका बस दुर्घटना परी १० जना घाइते

काठमाडौं–रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नं ६ बिर्तामा बस दुर्घटना भएको छ । शुक्रवार बिहान गैरीबाट सदरमुकाम मन्थली तर्फ आउँदै गरेको बा ५ ख ५६२५ नं।को यात्रु बहाक बस दुर्घटनामा परेको हो । बस दुर्घटनामा परी १० जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा बस चालक सिन्धुपाल्चोक जिल्ला त्रिपुरा सुन्दरी गाउँपालिका ५ का अन्दाजी वर्ष ४० को यादव खत्री, बस मालिक दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नं ।५ बस्ने अन्दाजी वर्ष ४२ को दीपक श्रेष्ठ रहेका छन् । यसै गरी लिखु तामाकोशी गाउँपालिका ६ बस्ने अन्दाजी वर्ष २१ कि सबिना श्रेष्ठ,सविनाकी छोरी १ वर्षकी सुजता श्रेष्ठ,सोही ठाउँकी वर्ष ४२ की सावित्रा घिमिरे,वर्ष ५७ को मान बहादुर श्रेष्ठ,वर्ष।५० को टेक बहादुर श्रेष्ठ,वर्ष १९ को झलक बहादुर श्रेष्ठ,वर्ष ४४ कि शङ्ख कुमारी तामाङ र वर्ष ४१ कि शकुन्तला श्रेष्ठ रहेको रामेछाप प्रहरीले जानकारी दिएको छ ।

घाइते सबैलाई उपचारको लागी मन्थली स्थित विभिन्न अस्पतालहरूमा ल्याइएको छ । घाइतेहरूको अवस्था मध्यम रहेको बताइएको छ । सडकको बायाँ साइडको टायर माटो फिलिङ गरेको कच्ची सडकको बायाँ भागमा फसेर सडक भासिदा अन्दाजी २०र२५ मिटर तल खसेर बस दुर्घटना भएको प्रहरीले बताएको छ ।