images

नेकपा (एकीकृत समाजवादी) को महाधिवेशन सुरु

काठमाडौं–सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को महाधिवेशन आजबाट सुरु हुँदै छ । महाधिवेशन आज बिहान ११ बजेबाट काठमाडौंको प्रज्ञा भवनमा उद्घाटन सत्र हुनेछ । महाधिवेशन असार २० गतेसम्म चल्नेछ ।
नेताहरूले सर्व सहमत नेतृत्व चयन गर्न दबाब दिइरहेका बेला अध्यक्षका लागि तीन जना नेताहरूले दाबी प्रस्तुत गरेका छन् । जसमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल अध्यक्षको आकाङ्क्षी छन् ।