images

ओली प्रचण्डबीच भेटवार्ता 

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । ओली र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाबीचको भेटवार्ताको चर्चा सेलाउन नपाउँदै ओली प्रचण्डबीच भेटवार्ता भएको हो ।
आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच भएको भेटवार्तामा सरकार सञ्चालन र टीआरसीबारे छलफल भएको बुझिएको छ ।
 शनिवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबिच ओली निवासमा तीन घण्टा बढी छलफल भएको थियो । सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणको फायल पुन खोलेसँगै कांग्रेस वृत्तमा समेत तरङ्ग उत्पन्न भएको छ र।