images

ठगीको आरोपमा लालीगुराँस सहकारीका अध्यक्ष श्रेष्ठ सहित चार जना पक्राउ 

काठमाडौं– सहकारीको रकम अपचलन गरेको आरोपमा ललितपुरको पुल्चोकमा रहेको लालीगुराँस बहुउद्देश्यीय सहकारीका अध्यक्षसहित चार जनालाई पक्राउ परेका छन् । आइतबार प्रहरीले उनीहरूलाई सार्वजनिक गरेको छ।

ललितपुर महानगरपालिका वडा नम्बर ३ पुल्चोकमा रहेको लालीगुराँस सहकारीका अध्यक्ष,काठमाडौं महानगरपालिका वडा नम्बर १३ घर भई चुनदेवी बस्ने सहकारीका अध्यक्ष ७६ वर्षीय अमरदास श्रेष्ठ, गोरखाको सिरान चोक गाउँपालिका वडा नम्बर २ घर भई ललितपुर २५ भैसेपाटी बस्ने ४६ वर्षीय प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, सहकारीका कोषाध्यक्ष लाजिम्पाटका ७५ वर्षीय अमृतकुमार अर्याल र संस्थाका सदस्य ललितपुर महानगर ११ का ६१ वर्षीय कदम बाबा जोशी प्रधानलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।

 उनीहरूले सहकारीको बचतको तीन करोड रुपैयाँ अपचलन गरेको प्रहरीले जनाएको छ ।

उक्त  सहकारीमा २२ हजार जना बचतकर्ता छन् भने जम्मा निक्षेप ६ अर्ब ३० करोड रुपैयाँ छ। पक्राउ परेकाहरूलाई ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।