images

डिभाइडर नाघेर ‘लेन क्रस’ गर्ने सरकारी गाडीका चालकमाथि कारबाही

काठमाडौं–ललितपुरको सात दोबाटोमा डिभाइडर नाघेर ‘लेन क्रस’ गर्ने सरकारी नम्बर प्लेटको गाडीका सवारी चालकमाथि कारबाही गरिएको छ । शनिवार सडकको जाम छल्न बा १ झ ७६७५ नम्बरको गाडीले डिभाइडर नाघेर लेन क्रस गरेको थियो ।

उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि चौतर्फी आलोचना भएको थियो । उक्त सवारी जल उत्पन्न प्रकोप नियन्त्रण विभागको रहेको यातायात व्यवस्था कार्यालय एकान्तकुनाले स्पेस समाचारलाई जनाएको छ ।

सामाजिक सञ्जालमा सरकारी गाडीले सवारी नियम उलङ्घन गरी सवारी चलाएको विषयमा विभिन्न प्रतिक्रिया र गुनासो आएपछि उक्त सवारी साधन र चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले खोजतलास र अनुसन्धान गरी सवारीका चालकलाई लेन अनुशासन विपरीत सवारी चलाएको कसुरमा कारबाही गरिएको जनाएको छ ।