images

नेपाल पेचिलो परिस्थितिमा छः महासचिव चन्द

काठमाडौं–नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाल पेचिलो परिस्थितिमा रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा नेकपा ९एकीकृत समाजवादी० को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालको राष्ट्रिय स्वाधीनता आजको विश्वको ध्रुवीकृत राजनीति, नेपालको भूराजनीतिका कारणले निकै ठुलो दबाबमा रहेको बताए । उनले नेपाल सुन्दर र श्रोत साधनले पूर्ण रहेकाले सबैको आँखा नेपालमा रहेको बताए । उनले विश्वका विभिन्न कुदृष्टि नेपालमाथि परिरहेको बताए । उनले नेपालमा रहेको श्रोत साधनलाई कब्जा गर्ने होडबाजी चलिरहेको बताउनु भयो । नेपालका श्रमिक जनताका चाहनाहरू अधुरै रहेको पनि बताए ।

उनले भने ‘नेपाल आज एउटा पेचिलो परिस्थितिमा छ । नेपालको राष्ट्रिय स्वाधीनता आजको विश्वको ध्रुवीकृत राजनीति, नेपालको भूराजनीतिका कारणले निकै ठुलो दबाबमा छ भन्ने कुरा यहाँहरू सबैलाई थाहा छ । हाम्रो देश सुन्दर पनि छ, हाम्रो देश निकै श्रोत सधानले सम्पन्न पनि छ । सुन्दरता र श्रोत साधनाले सम्पन्न हुनु भनेको निकै चुनौतीपूर्ण हो । सुन्दरतामा सबैको आँखा पर्छ । आज सम्पूर्ण कुतत्वहरूको आँखा नेपालमा परिरहेको पनि हामी राम्रोसँग देख्न सक्छौँ । यसको श्रोत, साधनलाई कब्जा गर्ने होडबाजी निकै तीव्र ढङ्गले चलिरहेको छ । यो जियोपोलिटिक्समा रातारात हामीलाई युक्रेनको दिशामा घिसार्ने, ठुला ठुला कुसपनाहरु पनि मडारिरहेको हामी देख्छौंँ । नेपाल यस्तो ठाउँमा छ । नेपालका श्रमिक जनताहरूले हामीलाई हेरिरहेका छन् । यो महाधिवेशनलाई हेरिरहेका छन् । नेपालका श्रमिक जनताका चाहनाहरू अधुरै छन् । नेपालका मजदुर किसानहरू, जाति जनजातिहरू, मधेस, पहाड, महिला, श्रमिक समुदाय, दलितहरू, उत्पीडित जाति, वर्ग, क्षेत्र , लिङ्ग र समुदायहरू छन्, यी सबै नेपालको आजको परिस्थितिमा सन्तुष्ट छैनन् । उनीहरूका अधिकार केही प्राप्त भएका छन्, तर राजनीतिक क्षेत्रमा आएको परिवर्तन आर्थिक जीवनमा बदलिन सकेको छैन ।’

महासचिव चन्दले नेपाल युगान्तकारी परिवर्तनबाट अहिलेको अवस्थामा आइपुगेको बताए ।