images

रञ्जिता श्रेष्ठलाई नागरिक उन्मुक्ति संसदीय दलको नेताबाट हटाइयो

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाइएको छ । आइतबार बिहान बसेको नागरिक उन्मुक्ति पार्टीको बहुमत प्रतिनिधि सभा सदस्यहरूको बैठकले श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको हो ।

श्रेष्ठको ठाउँमा प्रमुख सचेतक गङ्गाराम चौधरीलाई दलको नेताको जिम्मेवारी दिने निर्णय गरेको हो ।

त्यसै गरी पार्टीका संरक्षक लालवीर चौधरीलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको छ । बर्दिया– बाट निर्वाचित लालवीर रेशम चौधरीका बुवा हुन् ।

संसदीय दलको नेता परिवर्तन गरेको कुरा औपचारिक रूपमा संसद् सचिवालयलाई जानकारी गराउन बाँकी रहेको नाउपाले जनाएको छ ।

हेर्नुहोस् निर्णय सहित