images

ओलीले प्रचण्डलाई भने, अहिलेको सत्ता समीकरणमा कुनै समस्या आउँदैन

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको छलफललाई लिएर सत्ता फेरबदल हुने चर्चा चलिरहेको छ ।

सोही चर्चाका बाबजुद सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा तीन घण्टा बढी समयसम्म छलफल भएको छ ।

उक्त छलफलका क्रममा सत्ता फेरबदलको कुरामा छलफल भएको छ । दुई नेताबीचको भेटमा सशङ्कित रहेका प्रचण्डलाई ओलीले अहिले नै सत्ता समीकरणमा कुनै समस्या नहुने भन्दै आश्वस्त पारेका छन् ।उनले समीकरण परिर्वतन हुने हल्लाका पछाडि नलाग्न समेत प्रचण्डलाई विश्वास दिलाएका छन् ।

भेटमा दुई नेताबीच यही सरकारलाई बलियो बनाएर लैजाने विषयमा सहमति भएको प्रधानमन्त्री प्रचण्ड पुत्री एवम् उनकी प्रमुख स्वकीय सचिव गङ्गा दाहालले बताएकी छिन् ।