images

प्रचण्डले बोलाएपछि एमाले अध्यक्ष ओली बालुवाटार पुगे

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएका छन् । अध्यक्ष ओली केही समय अघि मात्रै बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्डले बोलाएपछि अध्यक्ष ओली बालुवाटार गएको बताइएको छ । नेपाली कांग्रेस र नेकपा एमालेबिच मध्यरात सत्ता सहकार्यबारे सहमति गरेपछि प्रचण्ड र ओलीबिच भेटवार्ता हुन लागेको हो । नेकपा एमाले मन्त्रीहरूले राजीनामा दिने बताइएको छ ।