images

प्रधानमन्त्री प्रचण्डले सरकार नछोड्ने, विश्वासको मतको सामना गर्ने

काठमाडौं– नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ गठबन्धन तयार गर्दै सत्ता समीकरण गर्ने सहमतिसँगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ । अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्री दाहालले संवैधानिक प्रावधान अनुसार संसद्भित्र विश्वासको मतको सामना गर्ने भएका हुन् ।

मङ्गलवार बिहान माओवादी पदाधिकारीहरूको बालुवाटारमा बसेको बैठकले सरकार नछोड्ने र विश्वासको मतको सामना गर्ने निर्णय गरेको नेता देवेन्द्र पौडेलले जानकारी दिए ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पौडेलले भने,गलेर सरकार छोड्ने कुरा हुँदैन, संसद् फेस गर्ने भन्नेछ । संसद्मा जसले गणित देखाउन सक्छ त्यसले सरकार चलाउने हो । मा‌ओवादीले संविधान संशोधनबारे कांग्रेस र एमालेबीच भएको सहमतिप्रति आशङ्का व्यक्त गरेको छ ।