images

प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिन ओलीको सुझाव, प्रचण्डले गरे इन्कार

काठमाडौं–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिन सुझाव दिएका छन् । नेकपा एमाले र नेपाली कांग्रेसबीच सत्ता समीकरणबारे सहमति पश्चात् मङ्गलवार प्रचण्ड र ओलीबीच भेटवार्ता भएको थियो ।

उक्त भेटवार्तामा ओलीले प्रचण्डलाई सरकारबाट राजीनामा दिएर नयाँ समीकरणका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका छन्।

ओलीलाई प्रचण्डको भनाइ उद्धृत गर्दै एमाले स्रोतले भन्यो, ‘प्रचण्ड जी तपाईँ राष्ट्रिय नायक हो । राजीनामा दिएर मार्ग प्रशस्त गर्नुहोस्, हामी नयाँ सरकार बनाएर देखाउने छौँ।’ जवाफ प्रधानमन्त्री प्रचण्डले आफू विश्वासको मतको सामना गर्ने बताएका छन् ।

उनले ३० दिन भित्र विश्वासको मत लिएर कम्फर्टेबल सरकार चलाउने बताएका छन् ।