images
images

रास्वपाका महामन्त्री मुकुल ढकाल मुखमा कालो टेप बाँधेर बैठकमा सहभागी

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवम् प्रवक्ता मुकुल ढकाल रास्वपाको केन्द्रीय समितिको बैठकमा मुखमा कालो टेप लगाएर उपस्थित भएका छन् ।

केन्द्रीय समितिको बैठक लाइभ गर्न माग गर्दै आएका ढकालले आफ्नो माग सुनुवाइ नभएको भन्दै स्वरूप मुखमा कालो टेप लगाएका हुन् । ढकालले बैठकमा बोल्न पाउने लोकतान्त्रिक अधिकार हनन भएको जिकिर गरेका छन् ।

ढकालले यस अघि देशका विभिन्न जिल्लामा पुगेर रास्वपाको अवस्थाका बारेमा प्रतिवेदन तयार पारी पार्टी सभापति रवि लामिछानेलाई पेस गरेका थिए । उनले उक्त प्रतिवेदनमा रास्वपा सरकारमा जानु औचित्य माग गर्दै जनतामा लोकप्रियता घट्दै गएको भन्दै नेतृत्वलाई सच्चिन समेत आग्रह गरेका थिए । साथै उनले प्रतिवेदनमाथि छलफल गर्न रास्वपाको केन्द्रीय कार्यसमितिको माग गर्दै जस्ताको त्यस्तै लाइभ मार्फत जानकारी गराउन माग गरेका थिए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS