images

एमालेका मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिँदै

काठमाडौं–नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । नेकपा एमालेको मङ्गलवार बसेको सचिवालय बैठकले आजसम्म पदबाट राजीनामा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको थियो । तर प्रधानमन्त्री प्रचण्डले राजीनामा नगर्ने अडान लिएसँगै एमालेले समर्थन फिर्ता लिदैं एमालेबाट मन्त्री बनेकाहरूले सामूहिक रूपमा राजीनामा दिन लागेका हुन् ।

एमाले प्रमुख सचेत महेश वर्तोलाका अनुसार एमालेले आजै समर्थन फिर्ता लिने र एमालेबाट मन्त्री बनेकाहरूले सामूहिक राजीनामा दिने छन् ।

दिउँसो ३ बजेपछि समर्थन फिर्ता र मन्त्रीहरूको राजीनामाबारे निर्णय हुने उनले बताए । गत सोमबार नेपाली कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति जुटेको छ । उक्त सहमति अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र चुनावी सरकारको नेतृत्व शेर बहादुर देउवाले गर्ने भएका छन् ।