images
images

टिआरसी विधेयकलाई छिटो टुङ्ग्याउने दलहरुबीच समझदारी

काठमाडौं–सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित टिआरसी विधेयकमा सहमति जुटाउन गठित कार्य दलले छलफल सुरु गरेको छ ।

बुधवार सिंहदरबारमा बसेको कार्य दलको बैठकले हत्याको परिभाषा कसरी गर्ने, बाल सेना र पीडित सुरक्षाकर्मीको मागलाई कसरी सम्बोधन गर्ने, पीडितले न्यायको खोजीमा फेरी अदालत जान पाउने, नपाउने, घटी सजायको माग दाबी लगायतका चार मुख्य विषयमा सहमति जुटाउनका लागि कार्य दलका छलफल सुरु भएको हो ।

पीडितलाई न्यायको प्रत्याभूति हुने गरी विधेयकमा देखिएको विवादका विषयमा सहमति जुटाउने गरी छलफललाई बढाइएको कार्यदलका सदस्य समेत रहेका एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । नेताहरुबीच सो विधेयकलाई छिटो टुङ्ग्याएर चालु अधिवेशनमा सो विधेयक पारित गर्ने गरी अघि बढ्ने समझदारी भएको छ ।

विधेयकमा देखिएको विवाद समाधान गर्नका लागि एमालेबाट बर्तौला, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा सदस्य रहेको कार्यदल बनाइएको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS