images

राजनीतिभित्र अपराधीकरण भइरहेको छः डा. कोइराला

काठमाडौं–नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिले राजनीतिभित्र अपराधीकरण भइरहेको बताएका छन् ।

पछिल्ला दिनहरूमा राजनीतिज्ञ, व्यवसायी र कर्मचारीहरू एक ठाउँमा उभिएको प्रसङ्ग उल्लेख गर्दै कोइरालाले भने,’ जुन देशमा यी तीन समूह एक ठाउँमा उभिन्छन् तब विद्यमान ऐन कानुनहरू गौण रहन्छ र देश बर्बादीको बाटोमा लाग्छ ।’

राजनीतिलाई अपराधिकरणले गाँजेकै कारण देशमा भ्रष्टाचार बढेर गएको र जनताले सुशासनको अनुभूति गर्न नपाएको पनि बताए ।

कोइरालाले चारैतिरबाट देश सङ्कटमा परेको बताए । रेमिटेन्सले देश चलिरहेको छ । आर्थिक अवस्था राम्रो छैन । यस्तो अवस्थामा देश जति बेला पनि कोल्याप्स गर्न सक्छ ९ कोइरालाले भने ।

जब मानिसको सबै अङ्गले काम गर्न छोड्छ तब जति उपचार गरे पनि शरीर ठिक नहुने भन्ने प्रसङ्ग उल्लेख गर्दै कोइरालाले अहिले देश त्यही अवस्थामा पुगेको बताए ।

नेपाल मुस्लिम सङ्घ मोरङको तेस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै कोइरालाले यो सरकार लामो समय नटिक्ने चेतावनी दिए । कोइरालाले अहिले कांग्रेस आफ्नो पार्टी सङ्गठनको काममा लाग्ने भन्दै आफूहरू सरकार ढाल्ने काममा लाग्ने पनि बताए ।