images

बाँकेमा गोली चल्यो, एक प्रहरीसहित तीन जना घाइते

काठमाडौं– बाँकेमा चोरी मुद्दामा कैद सजाय पाएका व्यक्तिलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । चोरी मुद्दामा ६ वर्ष सजाय पाएका एक व्यक्तिलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो ।

अभियुक्त सरमानसिंह सरदारलाई पक्राउ गर्न प्रहरीले तीन राउन्ड गोली चलाएको थियो । झडपका क्रममा एक जना प्रहरी कर्मचारीसहित तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय हिरमिनियाका प्रहरी वरिष्ठ हवलदार मदन डाँगी घाइते भएका छन् ।

त्यसै गरी प्रहरीको गोली लागेर स्थानीय ३० वर्षीय नानक सिंह शिख घाइते भएका छन् भने पक्राउ परेका सरदारलाई पनि गोली लागेको छ ।

घाइते सबैको भेरी अस्पताल बाँकेमा उपचार भइरहेको छ प्रहरीले जनाएको छ। स्थानीयले प्रहरीकै हतियार खोसेर आक्रमण गर्न थालेपछि गोली चलाउनु परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । अभियुक्त सरदारलाई बाँके जिल्ला अदालतको २०७० असार १८ गते ६ वर्ष कैद र १२ हजार जरिवाना सजाय सुनाएको थियो ।