images
images

जङ्गली च्याउ खाँदा मकवानपुरमा एकै घरका सात जना बिरामी

काठमाडौं– मकवानपुरको भीम फेदी गाउँपालिकामा जङ्गली च्याउ खाँदा एकै परिवारका सात जना बिरामी परेका छन् । जङ्गली च्याउ खाँदा भीम फेदी गाउँपालिका वडा नम्बर ६ उर्लाबारीका एकै परिवारका सात जना बिरामी परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।

च्याउ खाएर बिरामी हुनेमा स्थानीय ६५ वर्षीया मङ्गली माया स्याङ्तान, उनका छोरा ३२ वर्षीय बुद्धिबहादुर स्याङ्ताने, बुद्धिबहादुरकी श्रीमती ३० वर्षीया पासाङ माया स्याङ्ताने, छोरा लासाङ स्याङ्ताने, १९ वर्षीया लक्ष्मी माया स्याङ्ताने, १५ वर्षीया की पार्वती स्याङ्ताने र ७ वर्षकी आरती स्याङ्ताने रहेका छन् ।

च्याउ खाएर गए राति बिरामी भएका सबैको अवस्था मध्यम रहेको छ । प्रहरीका अनुसार मङ्गली माया स्याङ्ताने र लक्ष्मी माया स्याङतानको हेटौँडा अस्पतालमा उपचार भई रहेको छ । बाँकी पाँच जनालाई थप उपचारको लागि भरतपुरस्थित सरकारी अस्पताल लगिएको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS