images

सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय

काठमाडौं–नेकपा एमालेले सुदूरपश्चिम प्रदेशबाट बाहिरिने निर्णय गरेको छ । नेकपा (एकीकृत समाजवादी) नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा मुख्य साझेदार रहेको नेकपा एमालेले समर्थन फिर्ता लिने निर्णय गरेको छ । साथै मन्त्रीहरुले राजीनामा दिने निर्णय गरेका छन् ।

बिहीबार दिउँसो संसदीय दलको बैठकबाट समर्थन फिर्ता र मन्त्रीहरुको राजीनामा दिने निर्णय भएको संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए । केहीबेरमा पत्र बुझाउन मुख्यमन्त्री कार्यालय जाने तयारी छ,’ रावलले भने । एमालेले समर्थन फिर्ता लिने निर्णय गरेसँगै मुख्यमन्त्री दीर्घबहादुर सोडारी अल्पमतमा परेका छन् ।

एमालेबाट सोडारी सरकारमा तीन जना मन्त्री छन् । सुरेन्द्रबहादुर पाल आर्थिक मामिला, विरबहादुर थापा वन वातावरण तथा सहकारी र हीरा सार्की आन्तरिक मामिलामन्त्री छन् ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा एमालेका ११, माओवादीका १०, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका २ र १ जना स्वतन्त्र सांसदले जेठ ३ गते विश्वासको मत दिएका थिए ।