images

मनसुन भित्रिएसँगै विपद्जन्य घटनाबाट हालसम्म ४७ जनाको मृत्यु

काठमाडौं–मनसुन भित्रिएसँगै विपद्जन्य घटनाबाट हालसम्म ४७ जनाको ज्यान गएको सरकारले बताएको छ ।

शुक्रवारको राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले यस्तो बताएका हुन् ।

मन्त्री अर्यालले नयाँ वर्षदेखि यता हालसम्म ५५ वटा बाढीको घटनाबाट ४ जनाको मृत्यु, १ जना बेपत्ता र दुई जना घाइते भएका बताए । उनले पहिरोबाट २४ जनाको मृत्यु र १९ जना घाइते भएको र ७७ ठाउँको भारी वर्षाका घटनाबाट ४ जना घाइते भएको बताए । कुल २८ जनाको मृत्यु, एक जना बेपत्ता र २५ जना घाइते भई ४६ घर पूर्ण क्षति र ३६ घर आंशिक क्षति भएको उल्लेख गरे । उनले चट्याङबाट ३२ जिल्ला प्रभावित भई ९३ वटा चट्याङका घटना भएको र जसबाट १९ जनाको मृत्यु, ३५ जना घाइते भएको बताए । उनले सबै विपद्का घटनाबाट १७१ पशु चौपायाको क्षति भएको बताए ।

उनले भने, ‘हालसम्म ५५ वटा बाढीको घटनाबाट ४ जनाको मृत्यु, १ जना बेपत्ता र दुई जना घाइते भएका छन् । पहिरोबाट २४ जनाको मृत्यु र १९ जना घाइते भएका छन् । ७७ ठाउँको भारी वर्षाका घटनाबाट ४ जना घाइते भएका छन् । कुल २८ जनाको मृत्यु, एक जना बेपत्ता र २५ जना घाइते भई ४६ घर पूर्ण क्षति र ३६ घर आंशिक क्षति भएका छन् । चट्याङबाट ३२ जिल्ला प्रभावित भई ९३ वटा चट्याङका घटना भएको छ । जसबाट १९ जनाको मृत्यु, ३५ जना घाइते भएका छन् । सबै विपद्का घटनाबाट १७१ पशु चौपायाको क्षति भएको छ । विपद् व्यवस्थापनको लागि मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्य योजना, २०८१ तयार भई कार्यान्वयनमा ल्याइएको छ । मनसुनजन्य विपद्बाट हुनसक्ने सम्भावित जोखिम आङ्कलन गरी जोखिमयुक्त क्षेत्रलाई उचित संरक्षण हुने गरी विभिन्न निकायलाई क्षेत्रगत रूपमा जिम्मेवारी तोकिएको छ ।’

मन्त्री अर्यालले विपद् व्यवस्थापनको लागि मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्य योजना, २०८१ तयार भई कार्यान्वयनमा ल्याइएको बताए । उनले मनसुनजन्य विपद्बाट हुनसक्ने सम्भावित जोखिम आङ्कलन गरी जोखिमयुक्त क्षेत्रलाई उचित संरक्षण हुने गरी विभिन्न निकायलाई क्षेत्रगत रूपमा जिम्मेवारी तोकिएको बताए ।