images

प्रकोपबाट पीडित नागरिकहरूको उद्धार राहतमा सक्रिय हुन प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अविरल वर्षासँगै भएको धनजनको क्षति भएको बताएका छन् । साथै उनले उद्धार र राहतमा सक्रिय हुन राज्य संयन्त्रलाई निर्देशन दिएका छन् ।

सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री प्रचण्डले भनेका छन्,’अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशका विभिन्न भूभागमा भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दछु। प्रकोपबाट पीडित नागरिकको उद्धार र राहतमा सक्रिय हुन राज्यका सबै अङ्गहरूलाई निर्देशन गरिएको छ। साथै आवश्यक सुरक्षा सतर्कता अपनाउन सम्पूर्ण नागरिकमा हार्दिक अपिल गर्दछु।’

लगातारको वर्षासँगै देशभरको जन जीवन प्रभावित बनेको छ । राष्ट्रिय देखि स्थानीय राजमार्गहरू पहिरोका कारण अवरुद्ध बनेका छन् । त्यसै गरी पहाडमा पहिरो र तराईमा डुबान हुनुका साथै धनजनको क्षति समेत भएको छ । मौसमविद्हरूले सुरक्षित रहन समेत आग्रह गरेका छन् ।