images

दबाबबाट प्रधानमन्त्रीको राजीनामा आउँदैनः अर्थमन्त्री पुन

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले एमाले र काँग्रेस मिल्दा दबाब भए पनि प्रधानमन्त्रीले संसदबाट विश्वास मत लिएर मात्रै छाड्ने स्पष्ट पारे ।

आइतबार सांसदबाहिर सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै अर्थमन्त्री पुनले उक्त कुरा बताएका हुन् । उनले एमाले काँग्रेस सत्ता समीकरण संविधान संशोधन गरी प्रश्चगमनतिर लैजाने गरी भएको दाबी गरे । उनले संसद् फेस गरेर प्रधानमन्त्रीले एमाले र काँग्रेससँग दुई दल किन मिल्नुभयो भनेर प्रश्न गर्न खोजेको बताए ।

उनले संविधान संशोधन भनेको पश्च गमनतिर जानु भएको भन्दै अग्रमनतिर गए माओवादी पनि संविधान संशोधनको पक्षमा रहेको बताए । उनले माओवादीले कार्यकारी राष्ट्रपति र पुनः समानुपातिक निर्वाचनमा जाँदा समर्थन गर्ने भन्दै किन एक्लै हिँड्न खोज्नुभयो रु भन्ने प्रश्नको जवाफ चाहेको बताए । उनले एमाले काँग्रेस गणतन्त्र ,सङ्घीयता,समानुपातिक र समावेशिताबाट पछाडि हट्न खोजेको भन्दै माओवादीलाई स्वीकार्य नहुने बताए । उनले सुशासनको पक्षमा काम गरेको र ठुला फाइलहरू पखाल्न सुरु गर्दा एमाले काँग्रेस आत्तिएर गठबन्धन गरेको आरोप लगाए ।

उनले भने,‘ एमाले,काँग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्नु स्वाभाविक हो । सरकारको धारणा उपधारा २ बमोजिमको सरकारले कुनै दलले समर्थन फिर्ता लियो भने ३० दिनभित्र बहुमत जुटाउन पाउँछ । दुई पार्टी मिल्दा दबाब छ । तर माओवादीले दुई दल किन मिल्नुभयो भनेर संसदमा प्रश्न गर्न खोजेको हो । संविधान संशोधन भनेको पश्च गमनतिर जानु हो । अग्रमनतिर जाने हो भने माओवादी पनि संविधान संशोधनको पक्ष हो । कार्यकारी राष्ट्रपति,पुनः समानुपातिक निर्वाचनमा जाऔँ भनेकै हो । हामी पनि समर्थन गर्छौँ । किन एक्लै हिँड्न खोज्नुभयो हामी प्रश्न गर्न चाहन्छौँ । गणतन्त्र ,सङ्घीयता,समानुपातिक र समावेशितामा आउनु भयो । आज त्यसबाट पछाडि हट्न खोजेको हो भने स्वीकार्य हुँदैन । सुशासनको पक्षमा काम गर्न,ठुला फाइलहरू पखाल्न सुरु गर्दा किन आत्तिनु भयो । काँग्रेस एमाले भ्रष्टाचारीहरूको पक्ष र सुशासनको विपक्षमा हो भन्ने प्रश्न गर्छौँ । त्यसको उपयुक्त जवाफ दिनुभयो भने स्वीकार गर्छौँ । सरकारले अनैतिक काम गर्दैन ।’

उनले सरकारले तत्काल कुनै पनि अनैतिक काम नगर्ने बताए ।