images
images

बागमती प्रदेशबाट बाहिरियो एमाले, मन्त्रीहरूले दिए राजीनामा

काठमाडौं–नेकपा एमाले र नेपाली कांग्रेसबीच सत्ता समीकरण गर्ने सहमति पश्चात् बागमती प्रदेशबाट नेकपा एमाले बाहिरिएको छ । नेकपा माओवादी केन्द्र नेतृत्वको बागमती प्रदेश सरकारबाट एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको हो।

सोमबार एमाले बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियासहित पाँच जना मन्त्रीहरूले हेटौँडा–२, स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर समर्थन फिर्तासहित संयुक्त मुख्यमन्त्री शालिकराम जमरकट्टेललाई राजीनामा बुझाएका हुन् ।

एमालेबाट सरकारमा आर्थिक मामिला मन्त्री थपलियासहित उधोग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ , वन तथा वातावरणमा मन्त्रालयमा केशव पोखरेल, स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठ र जलश्रोत, ऊर्जा तथा खानेपानी मन्त्रालयमा एकालाल श्रेष्ठ थिए ।

अल्पमतमा परेका बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । आइतबार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने र विश्वासको मत लिने निर्णय गरेका हुन् ।

यस अघि नेकपा एमाले सुदूरपश्चिम प्रदेशबाट समेत बाहिरिइ सकेको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS