images

सङ्क्रमणकालीन न्याय पीडित मैत्री हुनुपर्छः अध्यक्ष मगर

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सङ्क्रमणकालीन न्याय पीडित मैत्री हुनुपर्नेमा जोड दिएका छन् ।

सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले सङ्क्रमणकालीन न्याय टुङ्ग्याउँदा पीडित मैत्री हुनुपर्ने तथा बाल सैन्य र यानजन्य हिंसाहरूलाई सँगै टुङ्ग्याउने गरी नीति बनाउनुपर्ने बताए । पीडकले सजाय पाउने र पीडितले न्याय पाउने गरी सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन जरुरी रहेको उनको भनाइ छ ।

सो अवसरमा आयोगले सङ्क्रमणकालीन न्यायका सम्बन्धमा हालसम्म गरेका प्रयास र सार्वजनिक गरेका धारणाहरू समेटेको राष्ट्रिय मानव अधिकार आयोग र सङ्क्रमणकालीन न्याय सम्बन्धी प्रतिवेदन सार्वजनिक समेत गरेको थियो ।