images

एमाले सचिवालयको बैठक बस्दै

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, नेताहरूको कार्य विभाजन र सरकारबारे छलफल हुनेछ ।

साथै नेपाली काँग्रेस र नेकपा एमालेबीचको सहमतिबारे पनि छलफल हुने बताइएको छ । नेपाली काँग्रेस र नेकपा एमालेबीच नेकपा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनाउने र निर्वाचनताका नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने समझदारी भएको छ । सो विषयमा पनि बैठकमा छलफल हुनेछ ।