images

काँग्रेस–एमाले नेतृत्वले विपद्मा पनि सरकारलाई काम गर्न दिएनः सांसद ढकाल

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले काँग्रेस–एमाले नेतृत्वले सरकारलाई कामै गर्न नदिएको आरोप लगाएका छन् ।

नयाँ सरकार आउँदै छ भनेर काँग्रेस र एमालेले विपद्को यो बेला पनि सिंहदरबारका कर्मचारीहरूलाई असहयोग गर भनेर भनेको उनको जिकिर थियो । मङ्गलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद ढकालले विपद्का यो बेला पनि सरकारलाई कामै गर्न नदिएको भन्दै काँग्रेस एमालेप्रति आक्रोश व्यक्त गरे । उनले भुटानी शरणार्थीको फाइल खोल्ने र दोषलाई पक्राउ गर्ने काम सरकारले गर्न सुरु गरेपछि नयाँ सत्तासमिकरण बनाएको पनि बताए ।

सांसद ढकालले भने, ‘हामी आउँदैछौं भनेर कर्मचारीहरूलाई यो विपद्को बेलामा असहयोग गर्न राहत र उद्धार गर्नुपर्ने बेलामा यो विपद्को घडीमा पनि हामी आउँदैछौं असहयोग गर भनेर सिंहदरबारलाई मसानघाट जस्तै बनाइएको छ । यो चाहिँ कुन चरित्र हो रु कुन शैली र संस्कारको राजनीतिको रु यही बीचमा फाइल खोल, फाइल खोलको आवाज गुञ्जायमान हुँदै गर्दा भुटानी शरणार्थीको फाइल खुलेर बेचैन झा समातिने बित्तिकै समिकरणनै फेरबदल किन ? ’

सांसद ढकालले मुलुकलाई बर्बाद पार्ने काम ठुला दलहरूले गरेको पनि बताए ।