images

ओली अस्वस्थ भएपछि एमाले सचिवालय बैठक स्थगित

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि एमाले सचिवालय बैठक स्थगित भएको छ ।

दाँत दुख्ने समस्याले सताएपछि अध्यक्ष ओलीले सोमबार एउटा दाँत निकालेका थिए । सोही कारण मङ्गलवारका लागि तय भएको एमाले सचिवालय बैठक बुधवारसम्मका लागि स्थगित भएको छ ।

अध्यक्ष ओली बोल्न नसक्ने भएपछि आजको बैठक स्थगित गरिएको एमाले स्रोतले जनाएको छ । सरकारमा सहभागी हुने मन्त्रीहरूका लागि मापदण्ड बनाउनका लागि सचिवालयको बैठक आव्हान गरेको थियो ।