images

नयाँ सत्ता समीकरणको बारेमा दोहोरी खेल्नुको अर्थ छैनः मन्त्री बस्नेत

काठमाडौं–ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले नयाँ सत्ता समीकरणको बारेमा दोहोरी खेल्नुको अर्थ नरहेको बताएका छन् ।

मङ्गलवार संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले नयाँ समीकरणको कुरा आइरहेको भए पनि यसलाई धोका, प्रतिधोकाको अर्थमा दोहोरी गर्नुको धेरै अर्थ नभएको बताए । उनले नयाँ गठबन्धन निर्माणको आधार संविधानको तोडफोड गर्नु रहेको आरोप लगाए । उनले संविधानको रक्षा गर्ने, मुलुकलाई जोड्ने कुरामा आफूहरू लागेको बताए । उनले मुलुकका दुई ठुला दल संविधानलाई दोष देखाएर जनताको अधिकार सीमित गर्ने प्रयासमा लागेको बताए ।

उनले भने, ‘अहिले जुन नयाँ समीकरणको कुरा आइरहेको छ, यसलाई धोका, प्रतिधोकाको अर्थमा दोहोरी गर्नुको धेरै अर्थ छैन । यो सोचको कुरा हो, दृष्टिकोणको कुरा हो । यो नयाँ गठबन्धन निर्माणको आधार संविधानको तोडफोड गर्ने उहाँहरूले नै सार्वजनिक गरिसक्नुभएको छ । बरु अब प्रश्न, संविधानको रक्षा गर्ने, मुलुकलाई जोड्ने हो । उहाँहरूले मुलुकलाई ध्रुवीकरणको दिशातिर लैजान खोजिरहनुभएको छ । यो अवस्थामा माओवादीले गम्भीरताका साथ लिनुपर्छ । प्रश्न देशको आर्थिक विकास, र समृद्धिको दिशामा लैजाने हो । मुलुकका दुई ठुला दलले संविधानलाई दोष देखिरहनुभएको छ । उहाँहरू जनताको अधिकार सीमित गर्ने बाटोमा हिँडिरहनुभएको छ ।’

मन्त्री बस्नेतले कुन पार्टी सरकार छ र छैन भन्ने कुरा गौण विषय रहेको बताए ।