images

माओवादी संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै छ । बैठक बुधवार दिउँसो २ बजे दलकै कार्यालयमा बस्ने भएको हो ।

बैठकमा यही असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने विश्वासको मतबारे छलफल हुने नेकपा माओवादी केन्द्रकी सचेतक रुपा सोशी चौधरीले जनाएकी छिन् ।

नेकपा एमालेले माओवादी केन्द्रसँगको गठबन्धन छोडेर कांग्रेससँग सहकार्य गरेसँगै माओवादी केन्द्र अल्पमतमा परेको छ । प्रधानमन्त्री प्रचण्डले आगामी २८ गते प्रतिनिधि सभा मार्फत विश्वासको मत लिन लागेका हुन् । एमाले बाहिरिएपछि अशोक राई नेतृत्वको जसपा पनि सरकारबाट बाहिरिइसकेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा भने सरकारमै रहेको छ।

काँग्रेस र एमालेले नयाँ गठबन्धनमा सरकार गठनको तयारी गरिरहेका छन् ।