images

म नेपालको नागरिक हुँ, कुनै देशको पिआर वा नागरिकता लिएको छैनः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं–शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले आफूले कुनै देशको नागरिकता नलिएको प्रस्ट पारेकी छिन् । मन्त्री श्रेष्ठले सामाजिक सञ्जाल ट्विट मार्फत उक्त कुरा जानकारी गराएकी हुन् ।

उनले ट्विट मार्फत लेखेकी छिन्,’ म नेपालको नागरिक हुँ, कुनै अन्य देशको पी आर वा नागरिकता लिएकी छैन।ट्याबलोइड सञ्चार माध्यममा सीमित रहँदासम्म जवाफ दिन जरुरी ठानिन तर राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेकोले जवाफ दिएकी छु । आरोप आफैमा अस्पष्ट छ, कुन देशको पी आर वा नागरिकता भनेर पनि खुलाइएको छैन र पूर्णतः निराधार छ, तर छानबिनमा पूरा सहयोग गर्नेछु ।’

उनले भिडियो सन्देश समेत पोस्ट गर्दै प्रस्ट पारेकी छिन् । उनले विदेशी नागरिकता लिएको उजुरीपश्चात् थप प्रस्ट पारेकी हुन् । उनले थप लेख्दै भनेकी छिन्,’ मैले भिडियोमा आफ्ना तर्कहरू राखेकी छु, हेर्नुहोला । आरोप के प्रमाणको आधारमा लगाइयो, लगाउनेको नियत र कस्तो बेला ल्याइयो, प्रश्न गर्नुहोला । युरोपियन देशको पी आर वा नागरिकता लिने प्रक्रिया बुझेका कसैले यसबारे केही प्रकाश पारिदिनुहुन्छ कि  ?’

 शिक्षा मन्त्रीले पोल्यान्डका नागरिक सँग बिहे गरेकी छन् । साथै उनले विदेशी श्रीमान मन्त्री क्वाटरमा बस्रे गरेकाे भन्दै आलोचना भएको थियो । रास्वपाका सांसदहरूमाथि विदेशी नागरिकता, सहकारी ठगी प्रकरण लगायतका विषयमा संग्लन रहेकाे भन्दै विराेध हुने गरेकाे छ ।