images

राप्रपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक बस्दै छ । सरकारलाई विश्वासको मत दिने वा नदिने विषयमा निर्णय गर्न संसदीय दलको बैठक आह्वान गरेको हो।

बैठक बिहीबार दिउँसो २ बजे पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको हो । बैठकले संसदीय दलका नेताहरूसँग छलफल गरी उनीहरूको सुझावका आधारमा पक्ष वा विपक्षमा निर्णय लिने भएको हो ।

नेकपा माओवादी केन्द्रसँगको सहकार्य तोड्दै नेकपा एमालेले नेपाली कांग्रेससँग मिलेर सरकार गठन सहमति गरेसँगै प्रचण्ड सरकार अल्पमतमा परेको हो । प्रधानमन्त्री प्रचण्डले भोली ९शुक्रवार० असार २८ गते विश्वासको मत लिने भएका छन्।