images

एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

काठमाडौं–नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
बिहीबार बसेको एकीकृत समाजवादी पार्टी संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो ।

प्रचण्ड नेतृत्वको सरकारबाट नेकपा एमाले बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्ड शुक्रवार विश्वासको मत लिन लागेका छन् । अशोक राई नेतृत्वको तत्कालीन सत्ता साझेदार दल जनता समाजवादी पार्टीले प्रचण्डलाई विश्वासको मत नदिने घोषणा गरेको छ । तर एकीकृत समाजवादी भने प्रचण्ड सरकारको पक्षमा उभिएको हो ।

प्रचण्ड सरकारमा एकीकृत समाजवादीबाट २ जना मन्त्रीहरू थिए । प्रतिनिधिसभामा समाजवादीको १० सिट छ । त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) पनि हाल सम्म प्रचण्डकै पक्षमा देखिएको छ ।