images

रास्वपाद्वारा प्रधानमन्त्री दाहाललाई विश्वासको मत ह्विप जारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ ।

शुक्रवार बिहान सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहालको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । बैठकपछि निर्णय सुनाउँदै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री दाहालले नेपालको संविधान १०० को उपधारा २ बमोजिम आफूमाथि संसदमा विश्वास छ भन्ने प्रस्ताव पेश गर्नुहुने र रास्वपाले विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरेको बताए । उनले पार्टीका सांसदहरूलाई प्रधानमन्त्री दाहालको विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरेको पनि बताए ।

उनले भने, ‘आज सम्माननीय प्रधानमन्त्रीज्युले नेपालको संविधान १०० को उपधारा २ बमोजिम आफूमाथि संसदमा विश्वास छ भन्ने प्रस्ताव पेश गर्नुहुँदै छ । त्यसमा छलफल ग¥यौँ । पार्टीबाट सरकारमा जानुभएका मन्त्रीज्युहरुले आफ्ना काम कारबाहीबारे जानकारी गराउनु भयो । हामीले आज विश्वासको मत प्रस्ताव हुँदै छ, त्यसमा सम्माननीय प्रधानमन्त्रीज्यूको पक्षमा मतदान गर्ने निर्णय गरेका छौँ र ह्विप पनि जारी गरेका छौँ ।’

बैठकमा पार्टीबाट सरकारमा गएका मन्त्रीहरूले आफ्नो कार्य प्रगतिबारे जानकारी गराएको र सो विषयमा पनि छलफल भएको बताए।