images

गोताखोर टाेलिले भेटाउन सकेनन् त्रिशूलीमा खसेका बस 

काठमाडौं–गोताखोरको टोलीले नारायणगढ–मुग्लिङ सडक खण्डको सिमलतालमा पहिरोले बगाएका दुई वटा यात्रु बाहक बस भेटाउन सकेको छैन । शुक्रवार बिहान सवा ३ बजे पहिरोसँगै त्रिशूलीमा खसेका दुवै बस अझै भेटाउन सकिएको छैनन् ।

चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिङ सडक खण्डको सिमलतालमा पहिरोले सोहोरेपछि त्रिशूलीमा खसाएका थिए ।

पहिरोले सोहोरेको स्थानमा बसका टुक्रा, सिसासहित अवशेष भेटिए पनि त्रिशूलीमा खसेर डुबेका दुवै बस र त्यसमा सवार यात्रु पनि भेटिन नसकेका हुन् । बसमा ६५ जना यात्रुहरू सवार रहेका थिए ।

काठमाडौँबाट गौर गइरहेको गणपति डिलक्सको बस र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको एन्जल डिलक्स बस पहिरोसहित त्रिशूलीमा खसेका थिए ।

उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल १७ गण चितवनबाट ४५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर परिचालित छन् ।