images

ओली लक्षित प्रचण्डको कटाक्ष, संसद् नै विघटन गर्ने बानी परेकाले मलाई नैतिकता सिकाउने ?

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारसँग डराएर नेपाली काँग्रेस र नेकपा एमाले मिलेको आरोप लगाएका छन् ।

आफूले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति इङ्गित गर्दै आफू अल्पमतमा परेपछि संसद् नै विघटन गर्ने बानी परेकाहरूलाई र त्यसको समर्थन गरेका साथीहरूले समेत मलाई नैतिकताको पाठ सिकाउने प्रयास गरेको बताए । उनले अहिलेको संविधानमा नेकपा (माओवादी केन्द्र) को सबैभन्दा धेरै ठुलो लगानी रहेको बताए ।

संविधानको धारा १०० को उपधारा ९२० बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेश गरेका हुन् । एक महिना विश्वासको मत लिन पाउने संवैधानिक अधिकारको प्रयोग गरेको बताए । उनले नैतिक आधारमा अल्पमतमा परिसकेपछि आफूलाई लामो समय विश्वासको मत नलिई बस्न रुचि नरहेको भएकाले नै १० दिनभित्रै विश्वासको मत लिएको जिकिर गरे ।

उनले भने, ‘आफू अल्पमतमा परेपछि संसद् नै विघटन गर्ने बानी परेकाहरूलाई र त्यसको समर्थन गरेका साथीहरूले समेत मलाई नैतिकताको पाठ सिकाउने प्रयास गरियो । ती साथीहरूलाई म यत्ति भन्न चाहन्छु, यो संविधानमा नेकपा ९माओवादी केन्द्र० को सबैभन्दा धेरै ठुलो लगानी छ ।’

प्रधानमन्त्री दाहालले पश्चगामी सोच लिएर काँग्रेस र एमाले मिलेको दाबी गरे ।