images

केपी ओली प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण साेमबार हुने

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । राष्ट्रपति पौडेलले ओलीलाई संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपति पौडेलले शुक्रवार साँझ नयाँ सरकार गठनका लागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएर आह्वान गरेका थिए । ओलीले राष्ट्रपति भवन शीतल निवासमा १६६ सांसदको समर्थनमा शुक्रवार राति नै कांग्रेस सभापति शेर बहादुर देउवाको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।

ओलीलाई जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टी कांग्रेस–एमाले गठबन्धनमै भए पनि ओलीले कांग्रेस र एमालेको मात्रै हस्ताक्षर लिएर प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।

कांग्रेस र एमालेबीचको सहमति अनुसार पहिलो ओली र देउवा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको छ ।

राष्ट्रपति कार्यालयले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ सोमबार बिहान ११ बजे गर्ने भएको छ।

शपथका लागि विशिष्ट व्यक्तिहरुलाई बिहान १० बजेखि १०ः४५ भित्र आइपुगिसक्न राष्ट्रपति कार्यालयले आमन्त्रण गरेको छ।

राष्ट्रपति कार्यालयका अनुसार सांसदहरुलाई बिहान १०ः३० बजेभित्र र अरु विशिष्ट व्यक्तिहरुलाई १०ः४५ बजेभित्र आइपुगिसक्न भनेको हो।