images

एमाले टुंगायाे ८ मन्त्रीकाे नाम

काठमाडौँ–नेकपा एमालेले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्गो लगाएको छ । नेकपा एमालेका एक नेताका अनुसार ओलीले १४ जनाको सर्ट लिस्टबाट ८ जनाको नाम टुङ्गो लगाएको हो ।

एमाले स्रोतका अनुसार विष्णु पौडेललाई उपप्रधान तथा अर्थ मन्त्रालयको जिम्मा दिइएको छ । त्यस्तै पदाधिकारीबाट उपमहासचिव पृथ्वी सुब्बा गुरुङ पनि मन्त्री बन्ने भएका छन् । उनलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रीको जिम्मा दिइने बताइएको छ ।

त्यस्तै मधेशबाट राजकुमार गुप्ताको नाम पनि मन्त्री बन्नेको सूचीमा रहेको छ । गुप्तालाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मा दिइएको छ ।

त्यस्तै सोलुखुम्बुका सांसद मानवीर राईलाई रक्षा मन्त्री बन्ने भएका छन् । त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा बलराम अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा दामोदर भण्डारीलाई दोहोर्‍याउने एमालेको तयारी छ । उनीहरू पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पनि सोही जिम्मेवारीमा थिए ।

त्यस्तै शिक्षामन्त्रीमा विद्या भट्टराई र राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाललाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा दिने ओलीको तयारी रहेको जनाइएको छ ।