images

नवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ

काठमाडौं–नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

ओलीलाई संविधानको धारा ७६को उपधारा २ बमोजिम नियुक्त भएका ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

शपथ ग्रहणको सिलसिलामा उनले ईश्वरको नाममा भन्ने शब्द भने उच्चारण गरेनन् । शपथ ग्रहणमा विभिन्न देशका प्रतिनिधिहरू, कूटनैतिक व्यक्तित्वका साथै उच्च पदस्थ व्यक्तिहरूको सहभागिता रहेको थियो ।