images

देशभर ७६.३ प्रतिशत मात्रै रोपाई सम्पन्न

काठमाडौं– देशभर ६७ दशमलव ३ प्रतिशत रोपाइँ सकिएको छ ।

अहिलेसम्म नौ लाख ४० हजार पाँच सय हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको हो । कोशी प्रदेशमा ६१ दशमलव ७, मधेस प्रदेशमा ६१ दशमलव ५, बागमती प्रदेशमा ६९ दशमलव २, गण्डकी प्रदेशमा ७५, लुम्बिनी प्रदेशमा ६६ दशमलव ७, कर्णाली प्रदेशमा ७८ र सुदूरपश्चिम प्रदेशमा ८६ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

यो हप्ता पानी परेकाले गत हप्ताको भन्दा बढी क्षेत्रफलमा रोपाइँ भएको छ । असारको तेस्रो हप्तासम्म पनि देशभर राम्रोसँग वर्षा नभएकाले धेरै ठाउँमा रोपाइँ हुन सकेको थिएन ।