images

रुकुम पश्चिममा घर बगाउँदा तीन जनाको मृत्यु

काठमाडौँ–बाढीले घर बगाउँदा रुकुम पश्चिम आठबिसकोट नगरपालिका वडा नम्बर १२ का ३ जनाको ज्यान गएको छ । त्यस्तै नजिकैको झिन्चौर खोलाले बगाएर १ जना बेपत्ता भएका छन् ।

बाढीमा परी मृत्यु हुनेहरूमा ८ वर्षीया हितमाया पुन, ५ वर्षीया धनिसा पुन र ४ वर्षीया मनीषा सार्की रहेका छन् । त्यस्तै बेपत्ता हुनेमा ४० वर्षीय डिल्ली बुढाथोकी रहेका छन् ।

त्यसै गरी बाढीमा परेर ७ जना घाइते भएको आठबिसकोटका नगर प्रमुख रवि केसीले जनाएका छन् । घाइतेहरूको उपचारका लागि नगर अस्पताल लगिएको उनले बताए ।

घाइते हुनेहरूमा १० वर्षीय विजय सार्की, २२ वर्षीया अनिसा पुन, २९ वर्षीय जनक खत्री, ६५ वर्षीया मनसरी पुन, ४ वर्षीय मेक्सन पुन, २० वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पना कामी रहेका छन् ।