images

महान्यायाधिवक्ता पोखरेलको राजीनामा स्वीकृत

काठमाडौँ– महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलको राजीनामा स्वीकृत भएको छ ।

प्रचण्ड नेतृत्वको सरकारमा महान्यायाधिवक्ता रहेका पोखरेलले प्रधानमन्त्री मार्फत राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा बुझाएका थिए ।

मङ्गलवार राष्ट्रपति पौडेलले उक्त राजीनामा स्वीकृत गरेका हुन् । डा.पोखरेललाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नियुक्त गरेका थिए ।

प्रधानमन्त्री ओली आफू निकट कानुन व्यवसायीलाई महान्यायाधिवक्ता नियुक्त गर्ने छन् ।