images

सुन तोलाको करिव डेढ लाख रूपैयाँमा काराेबार

काठमाडौँ–सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । बुधवार सुन सुनको भाउ करिब डेढ लाख पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधवार प्रतितोला १ लाख ४९ हजार ८ रुपैयाँ मूल्य पुगेको छ । यो अघिल्लो दिनको तुलनामा २ हजार रुपैयाँ बढी हो । अघिल्लो दिन प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्य बढेसँगै सुनको भाउ वृद्धि भएको जनाइएको छ । अन्तर्राष्ट्रिय बजारमै नयाँ रेकर्ड बनाएको सुनले नेपाली बजारमा पनि कीर्तिमानी मूल्य कायम गरेको हो ।