images

प्रधानमन्त्री ओलीले आगामी आइतबार विश्वासको मत लिने

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आइतबार विश्वासको मत लिने भएका छन् । गत आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आइतबार विश्वासको मत लिन लागेका हुन् ।

नेकपा एमालेका मुख्य सचेतक महेश कुमार बर्तौलाले सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त कुरा जानकारी गराएका हुन् । उनले भनेका छन,यहि साउन ६ गते आइतवार बस्ने प्रतिनिधि सभाको बैठकमा सम्माननीय प्रधानमन्त्री ज्युले बिश्वासको मत लिनुहुने जानकारी गराउन चाहन्छु ।

ओली नेपाली कांग्रेससहितका दलहरुको सहमतिमा प्रधानमन्त्रीमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।