images

महान्यायाधिवक्तामा बडाल नियुक्त

काठमाडौँ–महान्यायाधिवक्ता रमेश बडाल नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा वरिष्ठ अधिवक्ता बडाललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेका हुन् ।

बडाल यसअघि पनि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता भएका थिए। प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा २०७७ चैतदेखि २०७८ असारसम्म करिब चार महिना बडाल महान्यायाधिवक्ता थिए ।

सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ताले सरकारवादी मुद्दाको अभियोजन र प्रतिरक्षा गर्ने सरकारी वकिलहरूको नेतृत्व गर्छन् ।