images

एकै दिन रसुवा र मुगुमा भूकम्पको धक्का महसुस

काठमाडौँ–मुगु र रसुवामा भूकम्पको धक्का महसुस गरिएको छ । बुधवार बिहान बिहान ४ बजेर ४० मिनेट जाँदा मुगुको धर्मा केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडकै भूकम्प गएको थियो ।

त्यसै गरी आजै दिउँसो रसुवा केन्द्रबिन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु रसुवाको मन्चेट नजिक रहेको थियो ।

दिउँसो ३ बजेर २४ मिनेट जाँदा गएको उक्त भूकम्पको तीव्रता ३.९ म्याग्निच्युड रहेको थियो ।