images

चितवनको पुरानो मेडिकल कलेजबाट हाम फालेर एक वृद्धको मृत्यु

काठमाडौँ–चितवनको भरतपुर स्थित पुरानो पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट हाम फालेर एक जना वृद्धको मृत्यु भएको छ ।

हाम फालेर मृत्यु हुनेमा नवलपुरको हुप्सेकोट गाउँपालिका–२ का ७६ वर्षीय बलबहादुर खाम्चा मगर छन् ।

उनले बिहीबार बिहान कलेजको ए ब्लकको तेस्रो तलाको झ्यालबाट हाम फालेका थिए । साउन २ गते अस्पतालमा भर्ना भई क्यान्सर सम्बन्धी रोगको उपचार गराइरहेका थिए ।

अस्पताल भवनबाट हाम फालेर घाइते भएका मगरको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।