images

कञ्चनपुरमा निर्माण व्यवसायीको आन्दोलन तेस्रो दिनः भन्सार कार्यालय गड्डाचौकीमा ताला

कञ्चनपुर-कञ्चनपुरका निर्माण व्यवसायी यति बेला आन्दोलनमा छन् । उनीहरूले काम गरेको भुक्तानी नपाएको भन्दै तिन दिन देखि निरन्तर आन्दोलनमा जुटेका हुन । सोही क्रममा बिहीबार आज आन्दोलनको तेस्रो दिन भन्सार कार्यालय गड्डाचौकीमा तालाबन्दी गरेका हुन ।

निर्माण व्यवसायी सङ्घ कञ्चनपुरका अध्यक्ष निरञ्जन प्रसाद भट्टले काम गरेर पनि भुक्तानी नदिने कार्यालय विरुद्धमा तालाबन्दी अभियान अन्तर्गत भन्सारमा समेत तालाबन्दी गरिएको बताए ।

अध्यक्ष भट्टका अनुसार महाकाली तेस्रो चरण, जनताको तटबन्ध कार्यालयमा यस अघि र अहिले भन्सारमा आगामी दिनमा भुक्तानी नदिने थप कार्यालयमा तालाबन्दी गरिने बताए ।

यस अघि महाकाली तेस्रो चरण, जनताको तटबन्ध कार्यालयमा यस अघि र अहिले भन्सारमा आगामी दिनमा भुक्तानी नदिने थप कार्यालयमा तालाबन्दी गरिने बताए ।

भन्सार कार्यालय गड्डाचौकीका प्रमुख भन्सार अधिकृत राजनबाबु काफ्लेले बजेट नहुँदा भुक्तानी गर्न नसकिएको बताए। भुक्तानी पाउन वाकी रहेका निर्माण व्यवसायीहरूका रकम दसैँ अघि नै भुक्तानी गरिने कार्यालय प्रमुख काफ्लेले बताए ।

भन्सार कार्यालय गड्डाचौकीको तथ्याङ्क अनुसार जिके ग्रुप निर्माण सेवाको २५ लाख, ६७ हजार, ७०६ रुपैयाँ, भट्ट ब्रर्दस प्रालिको १४ लाख, ९१ हजार ४९२ र श्रीकृष्ण कन्स्ट्रक्सन प्रालिले ९लाख, ७७ हजार ९२४ गरी ५०लाख, ३७हजार १२३रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।