images

पार्टीको १५ औँ महाधिवेशन समयमै हुनेमा शङ्का लागेको छः डा कोइराला

काठमाडौँ–नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेस महानगर समितिका सभापतिहरूसँग काठमाडौँमा भेटघाट र छलफल गरेका छन् ।

कोइरालाले भेटघाटमा पार्टी नेतृत्व र पदाधिकारीहरूको कार्यशैली हेर्दा तोकिएको समयमा १५ औँ महाधिवेशन हुनेमा शङ्का उत्पन्न भएको बताए ।

तोकिएको समयमा महाधिवेशन नभए पार्टी धरासयी हुने र त्यसको असर आगामी निर्वाचनहरूमा पर्ने भएकाले त्यसका लागि चनाखो हुन कोइरालाले आग्रह गरे ।

महानगरका सभापतिहरूले आफूहरूको पार्टी मर्यादाक्रम नमिलेको र विधानले कुनै अधिकार नदिएको गुनासो राखेका थिए ।

भेटघाटमा महानगर सभापतिहरू निलकाजी शाक्य (काठमाडौँ), सुवानन्द धाख्वा (ललितपुर), चित्रसेन अधिकारी ( भरतपुर), दीपक चापागाईँ (विराटनगर) र मनिन्द्र नेपाली (वीरगन्ज) सहभागी रहेका थिए ।