images

न्युरोड क्षेत्रको फुटपाथ बिस्तार कार्यमा स्थानीय र व्यवसायीको विरोध

काठमाडौँ– काठमाडौँको न्युरोड क्षेत्रको फुटपाथ बिस्तार कार्यमा स्थानीयले अवरोध गरेका छन् ।

शुक्रवार बिहानैबाट काठमाडौँ महानगरपालिकाले फुटपाथ बिस्तारको काम थाले पनि स्थानीय र व्यवसायीहरूले विरोध गरेका हुन् । स्थानीयहरूले न्युरोडमा फुटपाथ बढाउन नहुने बताएका छन् ।

स्थानीय र व्यवसायीहरू फुटपाथ बिस्तारको विरोधमा उत्रिएपछि ठुलो सङ्ख्यामा नेपाल प्रहरी र महानगर प्रहरी खटाएको छ । उच्च अदालतले फुटपाथ बिस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधवारदेखि पुनः काम सुरु गरेको थियो ।

उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्युरोडमा फुटपाथ बिस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौँ महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न आदेश दिएको थियो ।