images

तीन विपक्षी दलले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

काठमाडौँ– तीन विपक्षी दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेका छन् । कांग्रेस र एमालेबीचको सहमति पश्चात् प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आइतबार विश्वासको मत मागेका छन् ।

एमाले र कांग्रेसले विश्वासको मतका लागि ह्विप जारी गरिसकेका छन् । तर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बैठकले भने विश्वासको मत नदिने निर्णय गरेका हुन् ।

बैठक पश्चात् माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले तीन दलको बैठकले ओलीलाई प्रधानमन्त्रीको विश्वासको मत नदिने निर्णय गरेको जानकारी दिए। साथै उनले नयाँ सरकार ७६ (३) अनुसार गठन हुनुपर्नेमा ७६ (२) मा पुनः सरकार बन्नु असंवैधानिक हो भन्ने निष्कर्ष समेत निकालेको छ।