images

प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै

काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै छन् । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन् ।

ओली नेपाली काँग्रेससँगको सहकार्यमा असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनलाई सरकारमा सहभागी नेकपा एमाले, नेपाली काँग्रेस, जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने भएका छन् ।

प्रतिपक्षमा रहेको माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र नेकपा (एकीकृत समाजवादी) लगायतका दलले भने उनलाई विश्वासको मत विपक्षमा मतदान गर्ने भएका छन् । यी दलले विश्वासको मत नदिए पनि दुई तिहाइ मत पक्षमा पुर्‍याउने तयारीमा प्रधानमन्त्री ओली देखिएका छन् ।